नेपालखबर टप २० क्रिएटर्स २०२६ का लागि आवेदन आह्वान
आवेदन बुझाउने अन्तिम मितिः मंसिर २९, २०८३ (नोभेम्बर १५, २०२६)
नेपालको अग्रणी मिडिया हाउस नेपाल खबर प्रालिले देशको डिजिटल परिदृश्यलाई विश्वभर पुर्याइरहेका प्रतिभाशाली कन्टेन्ट क्रिएटरहरूलाई सम्मान गर्न वार्षिक गौरवमय अभियान ‘नेपालखबर टप २० क्रिएटर्स’ को आधिकारिक घोषणा गरिसकेको छ।
नेपालका मौलिक कथालाई भिडिओका माध्यमबाट विश्वमाझ पुर्याउने सिर्जनशील हातहरूलाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु यस अभियानको मुख्य उद्देश्य हो। नेपाली कन्टेन्ट क्रिएटरहरूले मनोरञ्जन मात्र नभई रैथाने संस्कृति र स्वाद, आन्तरिक पर्यटन र साहसिक खेल, उद्यमशीलता र अर्थतन्त्रलाई चलायमान बनाउन अभूतपूर्व योगदान दिइरहेका छन्।
यसै वर्षबाट सुरु भएको यो अभियान अन्तर्गत नेपालको विशिष्ट डिजिटल परिदृश्य र सामाजिक आवश्यकताका आधारमा २० वटा फरकफरक विधाका उत्कृष्ट क्रिएटरहरूलाई ‘नेपालखबर टप क्रिएटर्स’ सूचीमा समावेश गरिने छ। र, आगामी डिसेम्बर ३० मा एक विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरिने छ। तिनै २० जना टप क्रिएटरहरूमध्येबाट तीन जनालाई ग्रान्ड अवार्ड पनि प्रदान गरिने छ।
नेपालखबर योग्य कन्टेन्ट क्रिएटरहरूलाई आवेदन दिन आह्वान गर्दछ। इच्छुक क्रिएटरले तलको आवेदन फाराम भरी आफ्नो सामग्री तथा आवश्यक विवरण नोभेम्बर १५, २०२६ भित्र बुझाउन सक्नेछन्।
आवेदन निःशुल्क हुनेछ। आवेदन बुझाउँदैमा छनोट हुने सुनिश्चित हुँदैन। अन्तिम छनोट तोकिएका मापदण्ड र निर्णायक समितिको मूल्याङ्कनका आधारमा गरिनेछ।
‘नेपालखबर टप २० क्रिएटर्स’
छनोट प्रक्रिया र मापदण्ड
- यस टप क्रिएटर्स सूचीमा २०२६ जनवरीदेखि नोभेम्बर १५ सम्मका भिडिओ मात्रै समावेश गरिने छ। यस सूचीमा विभिन्न २० वटा विधाका टप २० क्रिएटर छानिने छन्।
- यसमा मुख्यगरी क्रिएटरको भिडिओले सामाजिक, आर्थिक परिवर्तनमा पारेको प्रभाव, भिडिओको मौलिकता, सिर्जनात्मकता र प्राविधिक पक्ष, भ्युज र त्यसका आधारमा आउने रेभेन्यु तथा क्रिएटरको पेजका फलोअर र इन्गेजमेन्ट हेरिने छ।
- यसमा युट्युब, टिकटक, इन्स्टाग्राम, फेसबुक र अन्य सामाजिक सञ्जालमा प्रकाशित भिडिओ समावेश गरिने छ।
- टप क्रिएटर्स छनोटमा कन्टेन्टको विषय वा पात्र होइन, कन्टेन्ट बनाउने क्रिएटर (व्यक्ति) लाई समावेश गरिने छ।
- यसमा आफैँले आवेदन दिन वा तीन जनासम्म अरु क्रिएटरको नाम सिफारिस गर्न सकिने छ।
- टप क्रिएटरको छनोट स्वतन्त्र र मान्यताप्राप्त जुरीको निर्णयबाट हुनेछ। यसमा नेपालखबरको सम्पादकीय टिम वा न्युजरुमको कुनै प्रभाव र सिफारिस रहने छैन।
- छनोट प्रक्रियामा दूरदराजका गाउँबेँसी, पहाड र हिमाली भाग तथा सहरी क्षेत्रलाई उत्तिकै मान्यता दिइने छ।
- एक पटक टप २० को सूचीमा परेको क्रिएटर अर्को वर्ष छनोट हुने छैन।
- टप २० क्रिएटरको सूची आगामी डिसेम्बर ३० मा काठमाडौँमा विशेष समारोहका बीच सार्वजनिक गरी सम्मानित गरिने छ।
नेपालखबर टप क्रिएटर्स : २० विधा
१. स्वास्थ्य तथा फिटनेस
२. मौलिक खाना तथा क्याफे
३. फेसन तथा लाइफस्टाइल
रैथाने फेसन र सांस्कृतिक गहना तथा सेलेब्रिटीहरूको लाइफस्टाइललाई प्राथमिकता दिने क्रिएटर्स
